




काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।


सर्वोच्चमा आज उनले रिट निवेदन दर्ता गरेका लामिछानेको सचिवालयले जनाएको छ। लामिछानेका तर्फबाट अधिवक्ता नारायण कँडेलले रिट दर्ता गरेका हुन्।

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशपछि उनी कारागार चलान भएका छन्।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 8