Aamsanchar

राज्यमन्त्री गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

Author Image
आइतवार, वैशाख २१, २०८२

काठमाडौँ – नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । दिउसो ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।

गत वैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि ऊर्जा राज्यमन्त्री पद रिक्त थियो ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर