




अमेरिकी नागरिक रोबर्ट प्रेभस्ट नयाँ पोपका रुपमा चयन हुनु भएको छ । पोप लियो १४औं भनेर चिनिने नयाँ पोप रोबर्ट क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी नागरिक हुनुभएको छ ।


विश्वभरका देश र धर्मका नेताहरूले नयाँ पोपलाई बधाइ र शुभकामना दिएका बीबीसीले जनाएको छ । शिकागोमा जन्मेका रोबर्ट यसअघि पेरुमा धेरै वर्षसम्म मिसनरीको रूपमा काम गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट पोप हुनुलाई ठूलो सम्मानको रुपमा व्याख्या गर्नुभएको छ । उहाँले नयाँ पोप अमेरिकी हुनु आफ्नो देशका लागि समेत गर्वको विषय भएको बताउनुभएको छ ।






Views: 128