Aamsanchar

बिहारबाट दिल्ली जाँदै गरेको ७० जना सवार स्लीपर बसमा आगलागी

Author Image
बिहिवार, जेठ २, २०८२

काठमाडौं – लखनऊको मोहनलालगञ्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लीपर बसमा आगलागी भएको छ। यस दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

लखनऊ(दक्षिण)का डीसीपी निपुण अग्रवालले बसमा ७० जना सवार रहेको बताए।

उनले भने, ‘बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई महिलासहित पाँच जनाको आगलागीमा परेर मृत्यु भएको छ। अन्य यात्रुहरूलाई उनीहरूको गन्तव्यमा पठाइँदैछ।’ आगलागी कसरी भयो भन्ने बारेमा आधिकारिक जानकारी उपलब्ध नभएको उनले बताए।

प्रहरीका अनुसार बसको आपत्कालीन गेट नखुल्दा पछाडि बसेका यात्रुहरू समयमै बाहिर निस्कन सकेनन्।

समाचार एजेन्सी पीटीआईका अनुसार बस पूर्ण रूपमा जलेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसका जिम्मेवार व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएका छन्।

 

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर