Aamsanchar

खेतमा बनाइएको छाप्रोमा सुत्ने गएका बृद्धकाे हात्तीको आक्रमणमा परी ज्यान गयाे

Author Image
शनिवार, जेठ १८, २०८२

सप्तरी – सप्तरीमा शनिबार (जेठ १७) बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२, धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार, घरदेखि करिब ५०० मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने गरेका थिए । कहिलेकाहीँ उनी खेतमा बनाइएको टौवा (छाप्रो)मा सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको स्थानीय लीलबहादुर मगरले बताए ।

“राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यति बेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ । बिहान टौवानजिक भुइँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ,” मगरले भने ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर