Aamsanchar

श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्रीको विरोध

Author Image
सोमवार, जेठ ४, २०८३

काठमाडौँ –  श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध जनाएको छ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदले प्लेकार्ड देखाएर विरोध गरेका हुन्।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री उपस्थित भएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए।

संसदमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरे पनि जेठ र असार महिनाको संसदीय क्यालेण्डरमा छैन । त्यसैले श्रम संस्कृति पार्टीले संसदमै प्ले कार्ड देखाएर विरोध जनाएको हो । सभामुखले भने त्यसो नगर्न निर्देशन दिएका छन्।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर