Aamsanchar

श्रम संस्कृतिका सांसद धुव्रराज राईले बाँदरलाई सलामी दिनुपर्ने माग राखेपछि….

Author Image
सोमवार, जेठ ४, २०८३

काठमाडौं – प्रतिनिधिसभा बैठकमा श्रम संस्कृतिका सांसद धुव्रराज राईले बाँदरलाई सलामी दिनुपर्ने माग राखेपछि रास्वपाकी सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा राईले बाँदरलाई मानुपर्ने धारणा राखेपछि रास्वपा सांसद आशिका तामाङले आपत्ति जनाएकी हुन् ।

“बाँदर, बँदेललले जनतालाई दुःख दिइरहेको छ । यसलाई रोक्ने नीति कार्यक्रम कस्तो बनाउँदै छौँ,” राईले भने, “आज बाँदरलाई सलामी देऊ नभए मलामी देउ भनेर जनताले भनिरहेका छन् ।”

त्यसपछि आशिकाले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन् । “यो आपत्तिजनक हो । फिर्ता होइन । पूरै काटेर फालिनुपर्छ,” उनले भन्नि, “सलामी दिने भन्नुभयो, आपत्तिजनक छ ।” सभामुखले आशिकालाई बस्न भने र सदनको कारबाही अघि बढाए।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर