Aamsanchar

खोलामा पौडी खेल्दा बालिकाको ज्यान गयो, एक घाइते

Author Image
बिहिवार, जेठ २३, २०८२

संखुवासभा । संखुवासभा जिल्लाको मादी नगरपालिका–९ फविङस्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ भने अर्की घाइते भएकी छिन्।

पाँचखपन नगरपालिका–९ निवासी लोकमान लिम्बुकी १३ वर्षीया छोरी समीक्षा लिम्बुको डुबेर मृत्यु भएको हो। साथै, चैनपुर नगरपालिका–२ का कालीबहादुर राईकी १३ वर्षीया छोरी दीक्षा राई घाइते भएकी छन्।

जेठ २१ गतेको घटनापछि सूचना पाउने बित्तिकै प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा समीक्षा लिम्बुको शव फेला पारिएको र दीक्षा राईलाई उद्धार गरी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दीक्षा राईको विराटनगरस्थित विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा थप उपचार भइरहेको छ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर