Aamsanchar

काँकरभिट्टा रोटरी क्लवको अध्यक्षमा श्रेष्ठ, ४० लाखको क्लक टावर निर्माण हुने

Author Image
बुधवार, असार २५, २०८२

बिर्तामोड । रोटरी क्लव अफ काकरभिट्टाले पूर्वी सीमा नाका काकरभिट्टामा क्लक टावर निर्माण गर्ने घोषणा गरेको छ। मेची क्राउन होटलमा आयोजित १६औं पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष उदयकुमार श्रेष्ठले भारतको रोटरी क्लव अफ सिलिगुडी उत्तरायनसँगको सहकार्यमा एक वर्षभित्र क्लक टावर निर्माण गरिने जानकारी दिए।

अध्यक्ष श्रेष्ठका अनुसार टावर निर्माणमा करीब ४० लाख रुपैयाँ लागत लाग्नेछ। उनले विद्यालयमा छात्रा शौचालय, कम्प्युटर ल्याब स्थापना तथा मानवसेवा केन्द्रित कार्यक्रमहरू पनि सञ्चालन गरिने बताए।

समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का गर्भनर विनोद कोइरालाले रोटरी सदस्यता समाजसेवाको मार्ग भएको उल्लेख गर्दै रोटरी क्लबले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “रोटरियन बन्नु भनेको विश्वव्यापी बन्धुत्वमा जोडिनु हो,” कोइरालाले भने।

सो अवसरमा अध्यक्ष श्रेष्ठलाई डिस्ट्रिक गर्भनर कोइराला र जोन ३८ की असिस्टेन्ट गर्भनर निकिता गिरीले चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्याभल र गन प्रदान गरी पद हस्तान्तरण गरियो।

कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, पूर्व प्रमुख बिमल आचार्यले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष डा। आनन्दराज खनालले स्वागत गरेका थिए । भारतको सिलिगुडीबाट आएको सात सदस्यीय प्रतिनिधिमण्डलको समेत उपस्थिति रहेको थियो।

क्लवको नयाँ कार्यसमितिमा अध्यक्ष श्रेष्ठसँगै आईपीपी: डा. आनन्दराज खनाल, प्रेसिडेन्ट इलेक्ट: लक्ष्मीदेवी खनियाँ, प्रेसिडेन्ट नोमिनी: कृष्णराज पौडेल, फर्स्ट भाइस प्रेसिडेन्ट: युवराज भट्टराई, सेकेन्ड भाइस प्रेसिडेन्ट: शरद खनाल, सेक्रेटरी: रोविन सुवेदी, ट्रेजर: कृष्णकान्त खनियाँ, जोइन्ट सेक्रेटरी: नितेस सिंह राजपुत, जोइन्ट ट्रेजर: दुर्गाबहादुर लुइटेल, क्लब एडमिनिस्ट्रेटर: रोहितकुमार बुढाथोकी, मेम्बरसिप चेयर: रीता प्रधान, सर्भिस प्रोजेक्ट चेयर: दीपेन्द्रराज पाण्डे, टीआरएफ चेयर: मोहन निरौला, युथ चेयर: पेमा तामाङ, एसजिटीएट एट आम्स: सुजन प्रधान, क्लब ट्रेनर: राजु महर्जन, क्लब मेन्टर: दिलिप सुवेदी चयन भएका छन् ।

कार्यक्रमको पहिलो सत्र सचिव जीवन भट्टराईले र दोस्रो सत्र सचिव रविन सुवेदीले सञ्चालन गरेका थिए।

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर