Aamsanchar

कक्षा १२ को नतिजा सार्वजनिक : उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या घट्दो

Author Image
सोमवार, साउन १९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजामा विद्यार्थीहरूको जीपीएका आधारमा विभाजन गरिएको छ भने समग्रमा ग्रेडेड (उत्तीर्ण) विद्यार्थीको प्रतिशत निराशाजनक देखिएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, यो वर्ष कुल २ लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका छन्। तीमध्ये सबैभन्दा उच्च ग्रेड ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थी संख्या १३ हजार ५०२ मात्र छ। यो संख्या अघिल्ला वर्षहरूसँग तुलना गर्दा घट्दो छ भन्ने देखिन्छ।

अन्य श्रेणीमा यसरी विद्यार्थीहरू बाडिएका छन् :

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। तीमध्ये सबैभन्दा उच्च ग्रेड ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३ हजार ५०२ रहेको छ ।

त्यस्तै, जीपीए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थी ५५ हजार ८९६ जना छन्। यसैगरी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २६८ जना छन् ।

२.४१ देखि २.८० ल्याउनेको सङ्ख्या ६९ हजार ८१२ छ। २.०१ देखि २.४० बिचका विद्यार्थी ८ हजार ९६४ रहेका छन्। १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी सङ्ख्या २३ मात्र रहेको छ ।

अनुशासनहीन गतिविधिः
परीक्षाको समयमा अमर्यादित कार्यमा संलग्न भएको आरोपमा १७ जनाको परीक्षा रद्द गरिएको छ। तीमध्ये ११ जना नियमिततर्फ र ६ जना आंशिकतर्फ रहेका छन्।

बोर्डले प्रकाशित गरेको नतिजाले उच्च जीपीए हासिल गर्ने विद्यार्थीको अनुपात कम भएको देखाएको छ भने ग्रेडेड हुने समग्र प्रतिशत पनि सन्तोषजनक देखिँदैन। यसले शिक्षाको गुणस्तर र विद्यार्थीको तयारीमा थप गम्भीर बहस आवश्यक भएको संकेत दिन्छ।

Views: 125

प्रतिक्रिया (०)