Aamsanchar

पशुपतिनाथलाई आज जनै फेराइँदै

Author Image
शुक्रवार, साउन २३, २०८२

काठमाडौँ – श्रावण शुक्ल चतुर्दशीका अवसरमा शुक्रबार पशुपतिनाथलाई पवित्रारोहण गरिँदैछ।

आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ ।

कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए। पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ ।

नयाँ जनै फेरेपछि पशुपतिनाथ गोसाइँकुण्डमा जाने विश्वास पनि गरिन्छ। आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेर्ने परम्परा रहे पनि पशुपतिनाथलाई त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको हो ।

 

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर