
प्रतिकात्मक फायल तस्वीर ।

झापा । मेचीनगर नगरपालिका–५ नकलबन्दाबाट ठूलो परिमाणमा अप्टिकल फाइबर टेलिफोन तार भारततर्फ लैजाने प्रयास असफल भएको छ। प्रहरीले बुधबार पाँच बोरा तारसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि जाँच गर्ने क्रममा उनीहरू तार बोकेरै भारततर्फ लागिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानीट्यांकीका २४ वर्षीय कार्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापाको बुद्धशान्ति गाउँपालिका शीतलबस्तीका २५ वर्षीय विजय राजवंशी, इलामको माई नगरपालिका–३ जौबारीका २७ वर्षीय दिनेश परियार र झापाको कचनकवल गाउँपालिका–३ डाँगीबारीका ४२ वर्षीय सञ्जय माझी रहेका छन्।


प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

