Aamsanchar

हराएको गरगहना तथा नगद रकम ट्राफिक प्रहरीद्वारा फेला पारेर फिर्ता

Author Image
मङ्गलवार, असोज १४, २०८२

काठमाडौं –ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने लिला बराइलीको हराएको गरगहना तथा नगद रकम ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरेको छ ।

असोज १२ गते नरदेवी मन्दिरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रा गर्ने क्रममा बा २ ज ३१६६ नम्बरको भाडाकारमा बराइलीको झोलाभित्र रहेको सुनको गरगहना र नगद छुटेको थियो ।

बराइलीले सामान हराएको निवेदन दिएपछि ट्राफिक प्रहरीले खोजतलास गरी उक्त भाडाकार चालकको साथबाट झोला फेला पारी सुनको गरगहना तथा नगद रकम सुरक्षित रूपमा हस्तान्तरण गरेको हो ।

प्रहरीका अनुसार उक्त गाडीका चालकले पनि ट्राफिक प्रहरीको रोहबरमै सामान फिर्ता गरेका थिए ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर