

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । केही ढीला गरी वार्ता सुरु भएको छ ।

आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधि पुगेपछि शीतल निवासमा वार्ता सुरु गरिएको हो ।

बैठकमा सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेको छ । २० भन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए ।
वार्तामा जेनजीका मागबारेमा छलफल हुनेछ ।
यसैविच
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले नाराबाजी समेत गरेका छन् ।
जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् ।
अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ ।

