

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका छोरा ३१ वर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कात्तिक १६ गते बिहान साढे १० बजेतिर वादविवादका क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले आफ्नै बाबुको शरीरका विभिन्न भागमा प्रहार गरेका थिए। घटनास्थलमै युबराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देश राईलाई घटनास्थलमै नियन्त्रणमा लिएको जनाइएको छ।

यस घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Views: 419

