

काठमाडौं – बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याएका छन् ।

रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी रायमाझीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए ।
जिल्ला अदालत काठमाडौंले उनको माग अस्वीकार गर्यो । जिल्ला अदालतको आदेश विरुद्ध रायमाझी उच्च अदालत पाटन पुगेका छन् ।

उच्च अदालत पाटनले शुक्रबार जिल्ला अदालत काठमाडौंबाट कैफियत प्रतिवेदन र अरू मिसिल झिकाउन आदेश गरेको छ । जिल्ला अदालतले फाइल पठाएपछि निवेदनमाथि सुनुवाइ हुनेछ ।
Views: 49

