

काठमाडौं – आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा भएको हो ।

पश्चिम नेपाल हुँदै सरेको वर्षा काठमाडौंसम्म आइपुगेको हो । पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगमा भने मंगलबार रातिदेखि नै हिमपात पनि भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमशस् पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुग्ने छ । तर, जति पूर्व गयो त्यति कम प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ ।
उनका अनुसार मधेश र पूर्वी तराईका झापा लगायतका जिल्ला बाहेक प्राय सबैतिर हल्का वर्षा हुने सम्भावना छ ।
Views: 46


