

काठमाडौँ – स्थानीय बजारमा सामबार सुनको भाउ ५ हजार ६०० रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर रू तीन लाख २६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी आइतबार प्रतितोला पाँच हजार ९८५ मा खरिदबिक्री भएकोमा आज प्रतितोला ३५ रुपैयाँ बढेर ६ हजार २० मा खरिदबिक्री भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Views: 95


