Aamsanchar

आजको माैसम

Author Image
सोमवार, फागुन २५, २०८२

काठमाडौ‌- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ। तराई भू–भागका केही स्थानहरूमा तुवाँलो लागेको छ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भामामा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ।

कोशी, मधेस, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२
शनिबारसम्म मौसम सफा रहने
मङ्गलवार, फागुन १९, २०८२