Aamsanchar

केपी शर्मा ‌ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

Author Image
आइतवार, चैत १५, २०८२

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ। ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यम रोजिएको हो।

शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा छन्। चिकित्सकको सुझावअनुसार सरकारी वकिल कार्यालयले भर्चुअल माध्यमबाट उनलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको स्रोतले जनाएको छ।

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर