

प्यूठान – ऐरावती गाउँपालिका-१ छेडाघाटमा आगलागी हुँदा १३ घर र ११ गोठ जलेर नष्ट भएको छ । गएराती भएको आगलागीमा ९३ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।लगिि

स्थानीय लक्षमण रानाको फुसले छाएको गोठबाट शुरु भएको आगो रातभर लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बिहान आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले बताए ।

Views: 24


