Aamsanchar

नेकपालाई जनताले घृणा गरेका होइनन् : प्रचण्ड

Author Image
बुधवार, वैशाख ९, २०८३

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनले क्षणिक रुपमा धक्का खाएको बताएका छन् ।

पार्टी मुख्यालय च्यासलमा कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले निर्वाचनमा नेकपाले कहाँ कमजोरी गर्‍यो भन्ने कुराको वस्तुवादी मुल्याङ्कन गर्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचनको परिणामले दिएको यस्तो धक्का पार्टीभित्र जम्मा भएको फोहोरमैला सफा गर्ने अवसर पनि भएको बताए । संयोजक प्रचण्डले आफूहरु लामो समय सत्तामा बस्दा फोहोर मैला समेत लागेको बताए ।

उनले अहिले नेकपालाई जनताले घृणा गरेको नभई, नुवाइधुवाइ गरेर सफा भएर आउ भनेर सबक मात्र सिकाएको बताए । संयोजक प्रचण्डले निर्वाचनको धक्कालाई आफू र पार्टीलाई सफा गर्ने अवसरका रुपमा लिनुपर्ने समेत बताए । कम्युनिष्ट पार्टी र बुर्जुवा पार्टीको फरक सुनाउँदै संयोजक प्रचण्डले बुर्जुवा पार्टीले गल्तीलाई नसच्याउने तर कम्युनिष्टहरु भरसक कमजोरी नगर्ने, अन्जानमा भएका गल्तीलाई सच्याएर फेरि अगाडि प्रवृति हुने बताए ।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर