Aamsanchar

इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको दाबी

Author Image
मङ्गलवार, वैशाख २२, २०८३

काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी)ले तोकेको मूल्यअनुसार बेच्नुपर्ने भएकाले पेट्रोलियम पदार्थलगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको प्रष्टयाएका हुन्। मंगलवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुको मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे।

आम उपभोक्ताले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी गरे। स्वचालित मूल्यमा विक्री गर्ने भने सरकारले पेट्रोललगायतका इन्धनको विक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्ने बताए। उपभोक्ता मारमा नपरून् भनेर नै स्वचालित मूल्यअनुसार उक्त वस्तुको विक्री नगरेको पनि बताए।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर