Aamsanchar

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार

Author Image
बुधवार, वैशाख २३, २०८३

काठमाडौं  –  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ।

दूतावासको अनुरोधअनुसार सोमबार बेलुकासम्म विवरण उपलब्ध गराउँदै अनलाइन फाराम भर्ने व्यक्तिहरूको लागि उक्त डकुमेन्ट तयार पारिएको हो। दूतावासले बुधबार बेलुकासम्म फाराम भर्नेहरूको डकुमेन्ट भोलि पठाइने जानकारी दिँदै फाराम भर्न बाँकी रहेकाहरूलाई अनलाइन लिङ्कमार्फत तुरुन्त आफ्नो विवरण बुझाउन अनुरोध गरेको छ।

यसअघि दूतावासले चैत ३० र वैशाख १ गते गरी बिनाभिसा अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपालीको उद्धार गरी स्वदेश फिर्ता पठाइसकेको छ। विभिन्न प्रलोभनमा पारी त्यहाँ पुर्‍याइएका उनीहरूलाई अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरू तथा क्यासिनोमा ठगी लगायतका गैरकानुनी काममा लगाइएको थियो।

दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर