

वीरगन्ज – वीरगन्ज महानगरपालिका -१० घडिअर्वाबाट हराएका दुई बालिकालाई भारत बिहारको छपराबाट सकुशल उद्धार गरी नेपाल ल्याइएको छ । वीरगन्ज–१० घडिअर्वाका दीपेन्द्र कानुकी छोरी १४ वर्षीया आर्या गुप्ता र विनोद सहनीकी छोरी १४ वर्षीया रिद्धि सिद्धी ९ नाव्या० सहनी गत सोमबार अपरान्ह साढे ३ बजेतिर ट्युसन पढ्न भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि ती दुवै बालिका घरपरिवारको सम्पर्कमा नआएपछि प्रहरीमा खबर गरिएको थियो ।
खाजतलासका क्रममा ती दुवै बालिकालाई मंगलबार साँझ भारत बिहारको छपरा रेलवे स्टेशनमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरि राति वीरगन्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । भारतबाट उद्धार गरि ल्याइएका ती दुवै बालिकालाई जिल्ला प्रहरी कार्यालयको सेफ हाउसमा राखेर बुधबार अभिभावकको जिम्मा लगाएर घर पठाइएको कार्कीले बताए ।



