

भोजपुर – जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवाले राससलाई बताउनुभयो। भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन्।

Views: 10


