

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ। आज सुन तोलामा एक हजार ८०० रुपैयाँले र चाँदी तोलामा १०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।


Views: 66


