

धादिङ – काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा ३ ख ५०४३ नम्बरको यात्रुबाहक बस धादिङमा दुर्घटनामा परेको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दी खोला पुल नजिक बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । बसमा २९ जना सवार रहेकोमा दुर्घटनामा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये ९ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार स्टेरिङ नियन्त्रण बाहिर जाँदा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो ।

Views: 16


