Aamsanchar

लकडाउनले रक्सी पसल बन्द भएपछी स्यानिटाईजर सेवन गर्दा दश जनाको मृत्यु

Author Image
शनिवार, साउन १७, २०७७

भारतको आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर सेवनको कारण कम्तिमा दसजना मानिसको ज्यान गएको छ । सो राज्यको कुरिचेदु गाउँमा लकडाउनको कारण रक्सी पसल बन्द भएकाले तिनीहरुले स्यानिटाइजर सेवन गरेका थिए ।

स्थानिय स्तरमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि सरकारले त्यस गाउँमा लकडाउन लागु गरेको थियो । जिल्ला प्रहरी प्रमुख सिद्धार्थ कौशलले ति पिडितहरुले पानी र हल्का पेय पदार्थसंग स्यानिटाइजर मिसाएर पिएको जानकारी दिएका छन् ।

नराम्ररी रक्सीको कूलतमा फसेका तिनीहरुले करिव दस दिन अघि देखि नियमित रुपमा त्यसरी स्यानिटाइजर सेवन गर्दै आइरहेका थिए । प्रहरीले अनुसन्धानको क्रममा रसायनिक विश्लेषणका लागि स्यानिटाइजरको नमुना प्रयोगशालामा पठाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 324

प्रतिक्रिया (०)

सम्बन्धित खबर