झापा ।
सरकारी तलव सुविधा लिई निजि मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने तथा कमिशनका लागि विरामी रिफर गर्ने चिकित्सकहरुलाई कारवाही गर्न सरकार समक्ष माग गरिएको छ ।
सचेत नागरिक युवा समुह, झापाले त्यस्तो कार्य गर्ने सहित मापदण्ड विपरित स्वास्थ्य संस्था संचालन गर्नेहरुलाई कार्वाही गर्न स्वास्थ्य मन्त्री र प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेको हो ।
सचेत नागरिक युवा समुह, झापाको तर्फबाट अध्यक्ष लक्ष्मण बस्नेतले सोमबार विज्ञप्ति जारी गरी उक्त विषयमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाइएको र प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ज्ञापन पत्र बुझाइने जनाएका छन् ।
मेचि अंचल अस्पताल ,भद्रपुर झापा, कोशि अचंल अस्पताल मोरङ्ग, वि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, आम्दा दमक लगायत सबै सरकारी अस्पतालहरु तथा सामुदायिक अस्पताल मा कार्यरत केही चिकित्सकले प्रचलित नियम कानुनको उलघंन गरेको सचेत नागरिक समूहको दाबी छ ।
हाल सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत चिकित्सकहरु निजी मेडिकल हल , औषधी पसल तथा निजि अस्पतालमा गईरहेका, विरामीहरुलाई कमिशसनका लागि विभिन्न परिक्षणका लागि भारतका अस्पतालहरुमा रेफर गर्ने तथा निजि अस्पतालहरुमा गई कमिशन लिईरहेको सम्बन्धित निकायको अनुमती नलिई मापदण्ड विपरितका मेडिकल हल, तथा स्वास्थ्य संस्थाहरु संचालन भईरहेको भन्दै सो समूहले सरकारको ध्यानाकर्षण गराएको छ ।
आफु कार्यरत संस्थामा बसी विरामी चेकजाँच कार्य गरि जनताको सेवा गर्न सो समूहले सुझाव समेत दिएको छ ।
सरकारबाट भन्सार सहुलियतमा ल्याईएका एम्बुलेन्सहरुले बिरामी अस्पताल पुर्याए वापत प्रत्येक विरामीको कमिशन अस्पतालहरुबाट लिने गरेको समेत विज्ञप्तिमार्फत दाबी गरिएको छ । ‘यि सबै नियम विपरितका कार्यहरुको प्रत्यक्ष मार विरामीहरुलाई परेकोले उल्लेखित कार्यमा सम्लग्न व्यक्ती तथा संस्थाहरुलाई तत्काल कडा कारवाही गर्नका लागि माग गर्दछौं’–विज्ञप्तिमा भनिएको छ ।
सरकारले तत्काल कदम नचाले असोज १० गतेदेखि स्थानिय स्तरमा नै त्यस्ता नियम विपरितका कार्यमा सम्लग्न व्यक्तीहरुलाई नियन्त्रणमा लिई नजिकको प्रहरी प्रशासन समक्ष कारवाहीका लागि जिम्मा लगाईने अध्यक्ष बस्नेतले जनाएका छन् ।
सरकारी र सामुदायिक अस्पतालबाट तलब भक्ता खाने पुर्णकालिन तलवी चिकित्सकहरुलाई निजी मेडिकल हल , औषधी पसल तथा निजि अस्पतालहरुले आफ्नो मेडिकल हल , औषधी पसल तथा अस्पतालहरुमा काममा लगाएको र कानुन बमोजिम विरामी चेक जाँज गर्ने अनुमती नलिई मापदण्ड विपरित मेडिकल हल तथा औषधी पसलहरुले चिकित्सकको नामका बोर्ड राखी वा अन्य कुनै गैर कानुनी तरिकाले कर छलीका लागि पान दर्ता समेत नगरि विरामीहरुको चेक जाँज गरेमा वा कमिशनका लागि नेपाली विरामीहरुलाई जवरजस्ती भारतिय अस्पतामा रेफर गरे गराईएको पाईएमा त्यस्ता चिकित्सक तथा स्वास्थ्य संस्थाका संचालकहरु समेतलाई अविलम्ब पक्राऊ गरि सरकारका तर्फबाट कारवाही गर्न सचेत नागरिक समूहले अनुरोध गरेको छ ।
समुहका तर्फबाट जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा नियम विपरितका उल्लेखित कार्य नगर्नका लागि पटक पटक विज्ञप्ती मार्फत अभियान कै रुपमा सम्बन्धित सबैलाई अनुरोध गरेको र सो नियन्त्रणका लागि कानुन बमोजिम कारवाही गर्न पटक पटक आग्रह गरे पनि अवस्था नसुध्रिएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रीलाई बुझाइएको ज्ञापनको वोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला जनस्वास्थ्य कार्यालय र मेचि अचंल अस्पताल भद्रपुरलाई दिइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 152