Aamsanchar

विराटनगरमा एउटै वडामा ५० संक्रमित

Author Image
मङ्गलवार, साउन २७, २०७७

विराटनगर। विराटनगर महानगरपालिकामा  कोरोनाभाइरसले उघ्ररुप लिन थालेको छ ।

तीव्र रुपमा संक्रमण फैलिइरहेको महानगरको वडा नम्बर ९ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । हालसम्म विराटनगर–९ मा ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये त्यही वडाका दुई जनाको मृत्यु भइसकेको छ ।

सोमबार दिउँसो नौ जनामा संक्रमण देखिएकोमा राति २३ जना थपिएपछि महानगरभित्र एकै दिन ३२ जनामा संक्रमण पुष्टि भएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । उनकाअनुसार हालसम्म महानगरमा तीन सय १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा दुई सय छ पुरुष र एक सय सात महिला छन् ।

धेरै संक्रमित भेटिएको ९ नम्बर वडा स्थानीय प्रशासनले आइतबार साँझबाट ७२ घण्टाका लागि सिल गरेको छ । संक्रमितको सम्पर्कमा रहेकाको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दै पीसीआर परीक्षणको दायरा बढाएर संक्रमण नियन्त्रण गर्न उक्त वडा सिल गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

हालसम्म विराटनगर–१२ मा ४१, ६ मा २९, ५ मा २४, ७ मा २४, ३ मा २२, २ मा १७, ११ मा १६, १० मा १५, १७ मा १५, १५ मा १४, ८ मा १४, ४ मा १२, १३ मा नौ, १४ मा छ, १, १६ र १८ मा एक÷एक जनामा संक्रमण देखिएको छ । विराटनगर– १९ मा हालसम्म कोरोना देखिएको छैन ।

विराटनगर ५ मा पनि कोरोनाका कारण एक जनाको मृत्यु भइसकेको छ । विराटनगरमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

महानगरले हालसम्म तीन हजार नौ सय २९ जनाको पीसीआर परीक्षण गरिसकेको छ । संक्रमित मध्ये ९० वर्षीया वृद्धासहित ६९ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर