Aamsanchar

काजगात लिन आउदैनन् सवारी चालक

Author Image
मङ्गलवार, असोज ४, २०७३

 

(नरेन्द्र ढकाल)
विर्तामोड,

14383349_1111233778955787_1483663884_n

तपाईंको सवारी चालक अनुमतिपत्र (लाइलेन्स), रुट परमिट र सवारी किताब (ब्लुबुक) प्रहरीले लिएको छ ? वा प्रतिलिपि लिएर सवारीसाधन चलाउँदै हुनहुन्छ ? होसियार, तपाईंसँग सवारीसाधन चलाउने कुनै वैधानिकता छैन ।

विभिन्न कारबाहीमा परि चालु आर्थिक वर्ष साउन १ गतेदेखि भदौ १५ गतेसम्मको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा थन्किएका करिब तीन सय बढी लाइसेन्स, रुट परमिट र ब्लुबुक प्रहरीले मेची यातायात कार्यालयमा बुझाएको छ । मोटरसाइकल, बस, माइक्रो बस, ट्रक , ट्याक्टरलगायत सवारीचालक वा धनीको कागजात यातायात कार्यालयमा बुझाएको र लिन नआए खारेज समेत हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढुण्डीराज गिरीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरीले सवारी चालक अनुमति पत्र लाइसेन्स १६५, सवारी दर्ता किताब ब्लुबुक ८५ वटा, सडक इजाजत पत्र (रुट परमिट) २२ वटा र जाँच पास २ थान मेची यातायात कार्यालयमा आवश्यक कारबार्हीका लागी बुझाएको गिरीले बताए । सवारीसाधन गलत साइडबाट चलाएको, एकतर्फी सडक वा विपरीततर्फ चलाएको, सवारीसाधनको अवस्था ठीक नभएको, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारीसाधन चलाएका चालकले कारबाहीमा परि प्रहरीलाई कागजात बुझाएर लिन बेवास्ता गरेकालाई थप कारबार्हीका लागी यातायात कार्यालयमा बुझाएको उनको भनाई छ ।

कागजात लिन आफुहरुले पटक–पटक सूचना जारी गरेपनि पछिल्लो समय अटेर गर्नेको संख्या बढेकाले ट्राफिक प्रहरीले बरामद कागजात यातायात कार्यालयमा बुझाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सुचना अधिकारी याम खड्काले जानकारी दिए । नियम उलङ्घन गर्ने सवारी धनी सम्पर्कमा आउलान् र कारवाही गरौँला भनेर बसेको ट्राफिक प्रहरीले उनीहरु नआएपछि त्यस्ता सवारी सम्वन्धी कागजात यातायात व्यवस्था कार्यालयमा पठाउन थालेको प्रहरी निरीक्षक गिरीको भनाई छ । उनका अनुसार गत आर्थिक वर्षमा पाँच सय बढी कागजात यातायात कार्यालयमा बुझाएको जानकारी दिए ।

सामाजिक प्रतिष्ठा र जरिवाना तिर्नु पर्ने बाध्यताका कारण सवारी धनी कागजात लिन नआएको हुन सक्ने अनुमान ट्राफिक प्रहरीले गरेको छ । सम्पर्कमा आएका चालकले नियमानुसार जरिवाना तिरेर सवारी चालक अनुमति पत्र र इजाजत पत्र लैजाने गरेका छन् । सम्पर्कमा नआउने सवारी धनीका कागजात यातायात कार्यालयमा थप कारवाहीका लागि भन्दै पठाउने गरिए पनि उनीहरुले लुकीछिपी सवारी सञ्चालन गर्दै आएका छन् ।

अब त्यस्तो कार्य गरेको पाइए कडा कारबार्ही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । यातायात कार्यालयमा गएर काजगात लिनुपर्दा दुई हजार देखि पाँच हजार सम्म जरिवानको ब्यवस्था रहेको जनाइएको छ । ट्राफिक प्रहरी कार्यालयमा नै भए एक हजार जरिवाना तिरेर लिन सकिने प्रावधान रहेको छ । लामो समय सम्म लिन नआएमा खारेज सम्म हुन सक्ने ट्राफिक प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर