Aamsanchar

एनआइसी एसिया बैंक बिर्तामोडका एक कर्मचारीमा कोरोना पुष्टि

Author Image
शनिवार, साउन ३१, २०७७

बिर्तामोड । एनआइसी एसिया बैंक बिर्तामोडका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

सो बैंकमा कार्यरत ४३ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पाँच दिनअघि बिर्तामोड नगरपालिकाले दुईसय जनामा मास टेष्टिङ गरेको थियो । आज त्यसको रिपोर्ट आएको र बिराटनगर स्थायी ठेगाना भएका ती कर्मचारीलाई पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

बिर्तामोडमा सबैभन्दा धेरै भिडभाड बैंकहरुले गराउने गरेका छन । यस अघि बिर्तामोडकै एनएमबी बैंकका दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

 

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर