Aamsanchar

बिचित्र बन्दै कोरोना परिक्षण, अर्जुनधारा क्वारेन्टाइनबाट घर फर्किएका व्यक्तिको रिपोर्ट पोजेटिभ

Author Image
मङ्गलवार, भदौ २, २०७७

झापा । अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनबाट घर फर्किएका एक व्यक्तिमा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

साउन २१ गते मलेसियाबाट झापा आएका अर्जुनधारा ७ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । साउन २७ गते उनको स्वाब संकलन गरिएको थियो । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट भने नेगेटिभ आएको बताइएपछि घर पठाइएको थियो ।

मेची कोभिड अस्पताल भद्रपुरमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले उनलाई साउन ३२ गते घर पठाएको थियो ।क्वारेन्टाइनमा रहेका व्यक्ति र समुदायका व्यक्तिसमेत ५१ जनाको स्वाब संकलनपछि गरिएको पीसीआर परीक्षणमा मेची कोभिड अस्पतालले रिपोर्ट नेगेटिभ आएको जनाएपछि घर पठाइएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।

तर, क्रस म्याच गर्नका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा पठाउँदा आज एक जनाको रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।संक्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्क भइसकेको र उनको घरलाई सिल गर्ने कार्य भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित व्यक्तिलाई १४ दिनसम्म होम आइसोलेशनमा राखेर पुनः स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने भएको छ ।

उनीसँगको कन्ट्याक ट्रेसिङ पनि गरिने भएको छ ।स्मरण रहोस्, मेची कोभिड अस्पतालमा पीसीआर परीक्षणका लागि पठाइएको स्वाब पुनः कोशी कोभिड अस्पताल विराटनगर र धरानमा क्रस म्याचका लागि पठाइने गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर