सुनसरी ।

सुनसरीको पश्चिम कुसाहा–४ मा बिहीबार विहान अर्नाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोशीटप्पु वन्यजन्तु नजिकै चौपाया चराउन गएका स्थानीय ५५ वर्षीय मुसरु यादवलाई बिहान अर्नाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान शुरु गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Views: 158

