काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि स्थानमा सीमा विवाद नरहेको र नेपाली भूमिमा भवन नबनाएको चीनले दाबी गरेको छ ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’
साथै नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरूको सत्यतथ्य जाँच नेपालले गर्न सक्ने जनाएको छ ।

Views: 415

