Aamsanchar

रिजालको साथीद्वारा हत्या भएको खुलासा

Author Image
शुक्रवार, असोज ७, २०७३

बिर्तामोड ।

सरणामति गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा सम्लग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको प्रारम्भीक अनुसन्धानबाट शिवाकोटीले नै उनको हत्या गरेको देखिएकाले ज्यान मार्ने उद्योगमा उनीमाथि मुद्दा दर्ता गरिएको बताउनुभयो । शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घर तर्फ लगेको र शरणामति ५ चप्रामारीमा उनको हत्या भएको प्रारम्भीक अनुसन्धानबाट देखिएकाले उनी माथि मुद्दा चलाइएको हो – प्रहरी उपरीक्षक क्षेत्रीले भन्नुभयो ।
रिजालको वुधवार विहान कनकाई नगरपालिकाको चप्रामारीमा सडक किनारमा शव फेला परेको थियो । रिजालको निधारमा र खुट्टामा निलो डाम देखेपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको थियो । शिवाकोटी र रिजाल साथी – साथी भएको प्रहरीले जनाएको छ ।
मंगलवार राति अवेरसम्म सुरुङ्गास्थित त्रिवेणी होटलमा मृतक रिजाल र शिवाकोटीले मादक पदार्थ सेवन गरेर घर फर्कने क्रममा रिजालको चप्रामारीमा हत्या भएको अनुसन्धानबाट खुलेको छ इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायवव उपरीक्षक खड्गवहादुर खत्रीले बताउनुभयो ।
यता रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी संघ झापाले हिजो स्थानीय निकाय अन्र्तगतका सवै कार्यालय बन्द गरेर हत्याराको पहिचान गरी कानूनी कारवाही गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर