झापा शिवसताक्षी नगरपािलका माईधार चौक देखी ३ किलोमिटर दक्षिण कनकाईमाई नदि पस्चिममा रहेको चिल्लागढ पोखरी नदी कटानको जोखिममा परेको छ ।
विगतका बर्षमा क्रमस कनकाई नदिले धारपरिर्वतन गरेर चिल्लागढ पोखरी तिर कटान गर्न थालेको थियो । यसबर्ष पनि तिब्ररुपमा नदिले कटान गरेपछी चिल्लागढ क्षेत्र नदीकटान जोखिममा परेको हो ।
५० मिटर नजिकै आईपुगेको खोलालाई अस्थाई रुपमा सरकारी स्तरवाट कटान रोकथामको प्रयास भएपनी उपलव्धीमुलक हुनभने सकेन ।
द्वावापरयुगमा राम, लक्षण १४ बर्ष बनबास बस्ने क्रममा अन्तिम १ बर्ष हालको चिल्लागढ क्षेत्रमा बसेर विभिन्न यज्ञ अनुष्ठान गरेरको ठाउ“ भएको किम्वदन्ती रहेको छ । चिल्लागढ क्षेत्रको संरक्षणका लागि सरोकारवालाहरुले नदी कटान रोक्न दिर्घकालिन योजनाका साथ तत्काल कदमचाल्न नसके झापाको एक पर्यटकिय गन्तव्य विलए नहोला भन्न सकिन्न ।
सब्द तस्वीरः विनोद पाण्डे/आमसंचार