काठमाडौं – भारतका बहालबाला केन्द्रीय मन्त्रीको मृत्यु भएको छ। बिहीबार साँझ उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री रामविलास पासवानको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनका छोरा चिरागले एक ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। ७४ वर्षीय उनलाई दिल्लीको एक अस्पतालमा उपचाररत थिए। केही दिनअघि उनको मुटुको अपरेसन गरिएको थियो। उनी ९ पटक लोकसभा तथा २ पटक राज्यसभामा सांसद भइसकेका थिए। पाँच दशक भारतीय राजनीतिमा रहेका उनी दलित आन्दोलनका अगुवा नेता मानिन्थे।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 455