Aamsanchar

दशैंमा लोडसेडिङ दैनिक २ देखि ३ घण्टा मात्रै

Author Image
शनिवार, असोज ८, २०७३

नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । सो समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने तयारी छ । दशैंको मुख्य दिनहरुमा औद्योगिक प्रतिष्ठानहरु बन्द हुने भएकाले बिजुली बचत हुन्छ ।

त्यसैकारण दशैंमा फुलपातिको दिनदेखि दशैं नसकिँदासम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ हुने प्राधिकरणका विद्युत भारप्रेशण विभाग प्रमुख बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘दशैंमा मुख्यतयाः घरायसी उपभोक्ताको लागि मात्रै बि

images (12)जुली खपत गर्दा हुन्छ । व्यवसायिक औद्योगिक प्रतिष्ठान प्रायः बन्द हुने भएकाले खपत घटेर बिजुली बच्छ । त्यसैले लोडसेडिङ २ घण्टासम्म झार्न सकिन्छ’ श्रेष्ठले भने ।

उनले उत्पादन बढेकाले भारतबाट आयत भएका ५० मेगावाट बिजुली पनि अहिले नल्याइने बताए ।

माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने अवस्था छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावर हाउस राखेर मर्स्याङ्दी नदीबाट बिजुली निकालेको हो ।

सो आयोजनाबाट उत्पादित विजुलीको उद्घाटन आगामी सोमबार उर्जामन्त्री जनार्दन शर्माले गर्दैछन् ।

नेपालीको मुख्य चाड दशैंमा लोडसेडिङ कम गर्नुपर्ने बाध्यताका बीच खपत पनि घट्दा प्राधिकरणलाई सहज हुने देखिएको छ । दशैंमा फुलपातिका दिनदेखि प्रायः उद्योगधन्दा तथा कलकारखाना बन्द हुन्छन् ।

त्यसैकारण औद्योगिक क्षेत्रमा खपत हुने बिजुली घरायसी उपभोक्ताका लागि वितरण गर्दा लोडसेडिङ घट्ने छ । तर, कोजाग्रत पूर्णिमा पछि भने अलिेकै तालिकाअनुसार बिजुली कटौती हुनेछ ।

अहिले हप्ताको साढे ४६ घण्टा लोडसेडिङ हुनछ । एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा र दुई दिन आठ घण्टा लोडसेडिङ हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर