Aamsanchar

नवनियुक्त तीन मन्त्रिहरुकाे सपथ ग्रहण

Author Image
बिहिवार, असोज २९, २०७७

काठमाडौं– नवनियुक्त तीन जना मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना मन्त्रीलाई सपथ ग्रहण गराएकी हुन्। विष्णु पौडेलले अर्थ, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले शहरी विकार र लिलानाथ श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका छन्। सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएपनि पार्टीका शीष नेताहरु उपस्थित भएनन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल कोरोना संक्रमणको जोखिमलाई देखाउँदै कार्यक्रममा गएनन्। अर्का वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन्। पार्टी सचिवालय र स्थायी कमिटी बैठकको स्पिरिट विपरित मन्त्रिमण्डल गठन गरिएको भन्दै प्रचण्ड र नेपालले असन्तुष्टि व्यक्त गरेकाले सपथ ग्रहण कार्यक्रममा उपस्थित नहुनु अर्थपूर्ण रुपमा लिइएको छ। प्रधानमन्त्री ओलीले हिजो केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै तीन जना मन्त्री थपेका थिए। उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राखेर उहाँलाई विना विभागीय बनाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर