Aamsanchar

धुलावारीमा नेपाल जेसीजको क्षेत्र ‘क ’ सम्मेलन

Author Image
आइतवार, असोज ९, २०७३

बिर्तामोड।

jesij

झापामा नेपाल जेसीजको क्षेत्र क को सम्मेलन हुने भएको छ । नेपाल जेसीजको आयोजना तथा धुलाबारी जेसीजको आतिथ्यतामा क्षेत्र क सम्मेलन हुन लागेको आज धुलावारीमा आयोजित पत्रकार सम्मेलनका बीच जानकारी गराइयो । क्षेत्र क सम्मेलनको तयारी पूरा भएको बताइएको छ । क्षेत्र क सम्मेलन असोज १४ र १५ गते धुलाबारीमा हँुदैछ ।
धुलाबारी जेसीजका सन् २०१६ का अध्यक्ष लीलाप्रसाद भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा धुलाबारी जेसीजका पूर्व अध्यक्ष तथा सम्मेलन निर्देशक जेसी अनन्त प्रकाश वस्तीले क्षेत्र ‘क’ सम्मेलन आयोजनाको तयारी र उद्देश्यका बारे जानकारी दिएका थिए ।
सम्मेलनमा जेसीजको क्षेत्र ‘क’ अन्तर्गत पूर्वी नेपालका सर्लाहीदेखि झापा सम्मका ३४ वटा जेसीज शाखाहरुबाट गरी ४ सय बढी प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिइयो ।
वार्षिक रुपमा आयोजना गरिदै आएको जेसीज क्षेत्र ‘क’ सम्मेलन सम्पन्न गर्न १७ लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको छ ।
सम्मेलन पूर्व सभामुख सुवास चन्द्र नेम्बाङ्को प्रमुख आतिथ्यता र नेपाल जेसीजका मानार्थ सदस्य तथा नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माको विशेष आतिथ्यतामा हुने बताइएको छ ।
कार्यक्रममा राधेश्याम अधिकारी, डा. चन्द्रकान्त ज्ञवाली र चन्द्रकिशोरले विश्लेषणात्मक प्रस्तुती दिने कार्यक्रम रहेको छ भने युवा कानून व्यवसायी प्रविन सुवेदीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । पत्रकार सम्मेलनको सञ्चालन सचिवालय स.योजक तथा प्रवत्ता ज्ञानेन्द्र निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर