Aamsanchar

अब ९ सय स्थानीय तह

Author Image
सोमवार, असोज १०, २०७३

काठमाडौं:

jhapa-district-map

सत्ता पक्ष र प्रतिपक्ष हाल कायम रहेको इलाकालाई स्थानीय तह बनाउन सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्ता पक्षका कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी एमालेका शीर्ष नेताहरूको बैठकमा हाल कायम रहेका नौ सय २७ इलाकालाई आधार बनाएर स्थानीय तहको पुनर्संरचना गर्न सहमत भएको हो ।

प्रधानमन्त्री दाहालले इलाकालाई आधार बनाएर स्थानीय तह पुनर्संरचना गर्न राखेको प्रस्तावमा कांग्रेस र एमालेका नेताहरूले सहमति जनाएका हुन् । ‘नगरपालिकामा गाभिएका गाविसबाहेक अन्य गाविसको अवस्थाबारे जानकारी लिएर पुनर्संरचना गर्दा नौ सयको वरिपरि रहने देखिन्छ ।

त्यसैका आधारमा स्थानीय तह पुनर्संरचना गर्न तीन दल सहमत भएका छन्’, प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अन्नपूर्णसँग भने, ‘त्यही सहमतिका आधारमा सीमांकनलगायतका प्राविधिक विषय मिलाउने जिम्मा स्थानीय तह पुनर्संरचना आयोगलाई दिइनेछ ।’ आयोगले पाँच सय ६५ वटा स्थानीय तहको प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर