




चाडवार्डको समयमा मासु पसलमा भीडभाड हुन्छ नै । त्यसमाथि मासुको गुणस्तर कस्तो छ हामी मध्ये धेरैलाई थाहा हुन्न । कतिपय मासु विक्रेताले विभिन्न उपाय अपनाएर स्वस्थ्यकर मासु भन्दै अस्वस्थ मासु बिक्री गरिरहेका छुन्छन् भने कतिपयले ग्राहकलाई झुक्याएर बाख्राको मासुलाई खशीको भन्दै बिक्री गरिरहेका छन् ।


दशैंमा एउटा यस्तै घटना सार्वजनिक भएको छ । एक धुर्त व्यापारीले बाख्रीमा खसीको राजखानी लाई सुपरग्लुले टाँसेर खसीको मासु हो भन्दै मासुको ब्यापार गरेको चर्तुर ग्राहकले भेटेपछि एक व्यपारी कारवाहीमा परेका छन् ।

अहिले बाख्रीको मासुमा सुपरग्लुले खसीको राज्खानी टाँसेर खसीको मासु हो भन्दै ब्यापार गर्नेको पोल खुलेको छ । बजार अनुगमनको क्रममा परासी बजारमा फेला परेपछि रहस्य सार्वजनिक भएको हो । परासीको साप्ताहिक बुधबारे हाटबजार अनुगमन गर्ने क्रममा समितिले मासुमा भैरहेको यस्तो पनि गलत कार्य भेट्यो जुन सुनेर धेरै व्यक्तिलाई अचम्मित बनायो । अनुगमन समितिले एक खसी मासु पसलमा पुगेर मासु हेर्न थालेपछि बाख्रीको मासुमा सुपरग्लुले केहि भाग खसीको राज्खानी टाँसेर खसीको रेटमा बाख्रीको मासु बेचिरहेको ब्यापारीले समितिलाई देखेर भागेपछि मात्र सो रहस्य बाहिर आएको अनुगमन समितिले जनाएको हो ।


हाटबजारमा ६ सय ५० देखि ७ सय रूपैयाँ प्रति किलो खसी मासुको रेटमा मासु व्यवसायीहरू सोझासाझा उपभोक्ताहरूलाई झुक्याउँदै, ठग्दै धामाधम बाख्रीको मासु बेचिरहेको पाइएको समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।
उनका अनुसार मासु हेर्दा ७५ प्रतिशत भाग बाख्री र सोझै देखिने गरि २५ प्रतिशत मात्र खशीको मासु सुपरग्लुले टाँसेर बेचिरहेको थियो । त्यसैमा प्रयोग गर्ने तराजु पनि १ सय ग्राम देखि ३ सय ५० ग्राम कम तौल रहेको पाइएको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।




































