Aamsanchar

रोजगारीका लागि  अफगानिस्तान र इराक खुला गरिने

Author Image
सोमवार, असोज १०, २०७३

काठमाडौँ ।

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिँदै त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रणाली जनताको हितमा रहेकाले त्यसलाई लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै निःशुल्क आएको प्रवेशाज्ञामा बिचौलियाले सोझा सिधा कामदारसँग भित्र भित्र रकम असुलेकामा त्यसको नियमन तथा अनुगमन गरिने जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर