Aamsanchar

सडक उपभोक्ता समितिका अध्यक्षले गरे १० लाख भ्रष्टाचार

Author Image
मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखास्थित एक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष केसीविरुद्ध बिगो रू १० लाख २३ हजार ५१ कायम गरी सोहीअनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय माग गर्दै  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अध्यक्ष केसीले जिविससँग गरेको सम्झौताका सर्त पालना नगरी जिविसको कार्यालयबाट सडक निर्माण प्रयोजनका लागि करिब रु २१ लाख ७७ हजार भुक्तानी लिएकामा भुक्तानी लिएबमोजिमको काम सम्पन्न नगरी उपभोक्ता समितिको राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा रहेको करिब रु १० लाख २३ हजार अनियमितता गरेको पुष्टि भएको आयोगको जिकिर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर