Aamsanchar

धादिङमा बस दुर्घटना, १० जनको मृत्यु २० घाइते

Author Image
मङ्गलवार, असोज ११, २०७३

धादिङ ,

trishuli-bus

दुर्घटना रोक्न सरकारले कडार्ई गरिरहेको बेला फेरी अर्को कहाली लाग्दो सवारी दुर्घटना भएको छ । आइतबार मात्रै पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटना हुदा हाल सम्म उनको अवस्था अज्ञात रहेको छ । त्रिशुली नदीमा उनीहरु तीन जना वेप्त्ता भएका बेला धादिङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।

मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय मरिचमान तामाङले जानकारी दिए।

घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ। बसमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर