Aamsanchar

कोरोनाले आईसियूमा पुगेका कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

काठमाडौं । कोरोना संक्रमणका कारण श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि चर्चित हास्यकलाकार मनोज गजुरेललाई आईसीयूमा राखेर उपचार गरिँदै छ । उनलाई बुधबार दिउँसो आईसीयूमा सारिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सिस्‍नुपानी नेपालका महासचिव टंकराज आर्चायले जानकारी दिए । “अस्तिको दिउँसो उहाँलाई आईसीयूमा सिफ्ट गरिएको हो । अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । सम्भवत केही दिनमै उहाँ आईसीयूबाट बाहिर निस्कनुहुन्छ,” उनले भने ।

कात्तिक १० गते सोमबार कोरोना संक्रमण पुष्टि भएका गजुरेललाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । आफ्ना दाजुलाई उपचारका लागि अस्पताल ल्याउने लैजाने क्रममा मनोजमा संक्रमण भएपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर