Aamsanchar

यस वर्षको आमा सम्मान किरणलाई

Author Image
बुधवार, असोज १२, २०७३

kiran
बिर्तामोड ।

अम्बिका प्रतिष्ठान झापाले हरेक बर्ष दशैंको अष्टमीका दिन गर्दैआएको आमा सम्मान कार्यक्रम मार्फत यसपाली गरामनी– ३, हर्चना, झापा की किरण तिम्सिनालाई सम्मान गरिने भएको छ । श्रीमान्को असामयिक निधन पश्चात् बडो दुखकष्ट सहेर आफ्ना नाबालक तीन छोरीहरु र एक छोराको लालनपालनलाई मूख्य केन्द्रविन्दु बनाइ सामाजिक सँस्कारले भरिभराउ बनाउँदै सामाजिक रुपले समेत प्रतिष्ठित तथा आर्थिक सबल हुने मार्गमा अभिबृद्धि गर्न सफल हुनुभएकाले उक्त सम्मान गर्न लागिको छ ।

ताप्लेजुङको फुङलिङ–३ निबासी आमा जानुका र बुवा शेषराज पौडेलकी जेठी सुपुत्री किरणको जन्म विक्रम सम्बत २०१४ सालमा भएको हो । उनको विवाह वि.सं. २०३२ सालमा पाँचथर थर्पु–३ का गणेश तिम्सिनासँग भयो ।

विवाह भएकै वर्षमा श्रीमान गणेश तिम्सिनाका साथ सुनौला सपना बोकेर किरण पनि झापा आइन् । २०३२ सालमा झापा आएका उनीहरु करिब ९ वर्ष मात्रै साथसाथै रहन पाए । सरकारी स्वामित्वमा रहेको साझा सहकारीका लेखापाल गणेश र स्वयम् सेविका भएर सामाजिक कार्यमा खटिने किरणको खुसी कठोर नियतीले देखिसहेन । र, वि.सं. २०४१ साल मङ्सिर १२ गते गणेशले सदाका लागि बिदा लिए । किरणमाथि बज्रपात आइपर्यो । सहिनसक्नु पीडाले उनी स्तब्ध भइन् । तर, ६ वर्षे, ४ वर्षे र अढाई वर्षे छोरी तथा भर्खरै एक वर्ष पुगेको छोरालाई भरणपोषण र शिक्षादिक्षा दिने दायित्व किरणमाथि थपियो ।

छोरीहरु र छोराप्रतिको गहन जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेकी हुनाले आज आजसम्म आइपुग्दा सामाजिक र व्यावहारिक रुपमा आफ्ना सन्तानहरुलाई परिपक्क पार्न सफल भएकी र आफ्नो छुट्टै सामाजिक पहिचान समेत स्थापित गर्न सफल हुनुभएकीले निज किरण तिम्सिनालाई नगद रु. ११०००, सम्मान पत्र, दोसल्लाले सम्मान गर्ने प्रतिष्ठानले निर्णय गरेको छ ।

आगामी ०७० असोज २३ गते आइतवार अष्टमीका दिन शनिश्चरे बजार स्थित सामुदायिक भवनमा आयोजित कार्यक्रमबाट उक्त सम्मान प्रदान गरिनेछ ।

साहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी तथा कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा उक्त आमा सम्मान कार्यक्रम विगत पाँच बर्षदेखि गर्दै आइरहिएको छ । यसभन्दा अघि यस सम्मानबाट ०६७ मा गरामनीकी रेनुका रसाइली, ०६९ मा अर्जुनधारा– २ निवासी पार्वतीदेवी सुबेदी, ०७० सालमा अनारमनी निवासी विष्णुमाया गौतम, २०७१ मा विर्तामोड नपा– २, चारपाने निवासी शशिकला राय र २०७२ सालमा भद्रपुर– ६, चन्द्रगढी निवासी चित्रकला कोइराला सम्मानित भइसक्नु भएको छ प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराई र सचिव केशव मैनालीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर