Aamsanchar

महिलामाथि एसिड प्रहार

Author Image
शनिवार, कार्तिक २९, २०७७

जनकपुर- जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार विहान एक युवकले एसिडले प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि एक युवकले एसिड प्रहार गरेका छन् । आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको भने एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

एसिड प्रहार घटना भएको जानकारी पाएलगत्तै प्रहरीले आरोपित व्यक्तिको खोजतलास गरि पक्राउ गरेको प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक मिश्रले जानकारी दिए । उनले एसिड प्रहार गर्ने व्यक्तिबारे अहिले अनुसन्धान जारी रहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर